adv
adv

सरकारी निकायबाट खुवालुङलाई फुटाउने निर्णय भएकाे छैन–मुख्यमन्त्री राई

काठमाडाैं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले हालसम्म कुनै पनि सरकारी निकायबाट औपचारिक रुपमा खुवालुङलाई फुटाउने निर्णय नभएको बताएका छन् ।

उनले कहीकतैबाट खुवालुङलाई चलाउने वा फुटाउने योजना आए त्यसलाई रोकेर आफूलाई सम्पर्क गर्न प्रदेश १ का प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहहरुलाई निर्देशन दिइएको समेत बताए ।

सोमबार किरात राई यायोक्खाले अरुण, तमोर र दुधकोशीको त्रिवेणीमा रहेको खुवालुङ (नदीको बिच भागमा रहेको ठूलो ढुंगो)लाई संरक्षण गर्न माग गर्दै मुख्यमन्त्री राईलाई ज्ञापन–पत्र बुझाएपछि मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ८ गते विराटनगरमा आयोजित आफ्नाे समूहको आमसभामा खुवालुङलाई लक्षित गर्दै उक्त ढुंगो क्रेनले फुटाएर जेटबोट चलाउन नदीको बाटो क्लियर गर्ने बताएपछि प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति किरात समुदायका अगुवाहरुले आपत्ति जनाइरहेको बेला यायोक्खाको टोलीले सोमबार काठमाडौंमा रहेका मुख्यमन्त्री राईलाई भेटेर ज्ञापन–पत्र बुझाएको हो ।

‘मैले बुझ्दा औपचारिक निकायबाट निर्देशन गरेर त्यो ढुंगालाई फोर्ने खालको कुनै तथ्य पाइएन,’ मुख्यमन्त्री राईले भने, ‘के भएको रहेछ भने निजी क्षेत्रको साथीहरुले केही योजना बनाएर प्रधानमन्त्रीलाई त्यो क्षेत्रमा भिजिट गराउने र प्रधानमन्त्रीलाई भिजिट गराउनुअघि त्यो ढुंगा फोर्नुपर्छ भन्ने कुराकानी भएको रहेछ । त्यो थाहा पाएपछि मैले प्रधानमन्त्रीको भिजिट रोक्न लगाए । त्यसपछि मैले सिडिओहरुलाई र सबै निकायहरुलाई अहिले कहीकतैबाट त्यो ढुंगा चलाउने, फोड्ने, नष्ट गर्ने योजना आयो भने त्यसलाई रोक्नुस् र मलाई सम्पर्क गर्नुस् भनेको छु ।’

प्रधानमन्त्री ओली निकट मानिने मुख्यमन्त्री राईले एकचोटि यायोक्खा लगायत सरोकारवालाहरुको संयुक्त टोलीले खुवालुङ क्षेत्र घुम्ने र त्यसलाई बचाउने गरी विकल्प खोजेर अघि बढ्ने प्रस्ताव समेत गरे ।

उनले भने, ‘एकचोटि मसहित तपाईं हामी त्यो क्षेत्रको भिजिटमा जाऊ र हेरौ, त्यो क्षेत्रको अध्ययन गरेर विकल्पहरु के के हुन सक्छन् ? त्यसलाई संरक्षण गरेर पनि ठूला जहाजहरु चलाउन मिल्ने विकल्पहरु के के छन् ? हेरेर प्राविधिक अध्ययन गरौ, त्यसपछि हामी प्रदेश सरकारले धारणा बनाउँछौ अनि प्रदेश सरकारले बनाएको धारणाअनुसार संघीय सरकारसँग कुराकानी गरेर संरक्षण गर्ने कुरामा लागौं ।’

यायोक्खाका अध्यक्ष दिवस राई नेतृत्वको टोलीले मुख्यमन्त्री राईलाई भेटेर ज्ञापन–पत्र बुझाएको हो । ज्ञापन–पत्र बुझाउनुअघि यायोक्खाका महासचिव जनक राईले वाचन गरेका थिए ।

सो अवसरमा यायोक्खाका अध्यक्ष राईले आफूहरुले तीन वर्षदेखि नै खुवालुङको संरक्षण र विकास गर्ने गरी काम गरिरहेको भन्दै मुख्यमन्त्री राईलाई हालसम्मका सबै घटना र अवस्थाबारे जानकारी गराएका थिए । सार्वजनिकडटकम

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु