adv
Advertise Expired !

नारी दिवसमा प्रदेश २ सरकारले बाँड्यो १५ सय छात्रालाई साइकल


जनकपुरधाम, २४ फागुन ।
 १११औं अन्तर्राष्ट्रिय नारी दिवसमा प्रदेश २ सरकारले ‘बेटी पढाउ बेटी बचाउ कार्यक्रम’ अन्तर्गत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरेको छ ।

सोमबार एक समारोहको आयोजना गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले धनुषा जिल्लाको २७ विद्यालयका एक हजार पाँच सय २० जना छात्रालाई साइकल वितरण गरेको हो ।

साइकल वितरण गर्दै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव हुने बताउनुभएको छ । मुख्यमन्त्री राउतले प्रदेश २ को सबै सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

समारोहलाई सम्बोधन गर्दै उनले भने -‘साइकलले महिला सशक्त हुँदैन । तर, समाजिक रुपान्तरणको लागि सहयोगी हुन्छ ।’
साइकलले समाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गर्दै राउतले भने -‘यो काम रूपान्तरणको पहिलो खुड्किला हो ।’


प्रदेशका छोरीहरुलाई शिक्षित र सब्बल बनाउन बेटी पढाउ, बेटी बचाउ अभियानलाई अगाडि बढाइएको उनले जिकिर गरे ।
यसअघि आर्थिक वर्ष २०७५/०७६ मा दुई सय ६१ विद्यालयका १४ हजार छात्राहरुलाई अभियान अन्तर्गत साइकल वितरण गरिएको थियो । यस आर्थिक वर्षमा २० हजार छात्रा यो कार्यक्रमबाट लाभान्वित हुने मुख्यमन्त्री जार्यालयले जनाएको छ ।

अर्को एक प्रसङ्गमा महिला हिंसा, दाइजो प्रथा, बालविवाह जस्ता कुरीति विरुद्धको कानूनलाई सशक्त रूपमा पालना गरेर अघि बढनुपर्ने भन्दै राउतले एसिड आक्रमण गर्ने, बलात्कारको घटनाका दोषी विरुद्ध कठोर कानूनको खाँचो रहेको औंल्याए । कार्यक्रममा एसिड पीडित धनुषाकी आरती साहलाई सम्मान समेत गरिएको थियो ।


प्रदेश २ संसद्की उपसभामुख उपमा देवको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, सरस्वती चौधरी, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा लगायतले शुभकामना दिएका थिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु