adv
adv

दमक जेसीजको एकदिने अभिमुखीकरण तालिम सम्पन्न

दमक। दमक जेसीजको आयोजनामा एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । शनिबार दमकको थ्रिइन्क होटलको सभाहलमा शाखा पदाधिकारी तथा सदस्यहरुका लागि प्रभावकारी बैठक सञ्चालन सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको हो ।

सो तालिममा पदाधिकारी र सदस्य गरि जम्मा २५ जनाको सहभागिता रहेको थियो । जेसीजले शाखा पदाधिकारी तथा सदस्यहरुलाई प्रभावकारी बैठक सञ्चालन सम्बन्धी आधारभूत विषयमा अभिमुखीकरण गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको अध्यक्ष सुयोग खरेलले जानकारी दिए ।

तालिममा दमक जेसीजका पूर्व अध्यक्ष गोविन्द राज कट्टेलको मुख्य प्रशिक्षकत्वमा सिनेटर घनश्याम कोईराला र पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीले सहजीकरण गरेको महासचिव निरोज आचार्यले बताएका छन् ।

तालिम कार्यक्रम जेसीजका तालिम निर्देशक सहदेव भट्टराईको संयोजकत्वमा भएको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु