adv
adv

हाक्पारे प्रतियोगितामा प्रथम बने केदेम

दमक । प्रथम विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता २०७७ मा अमरजंग केदेम प्रथम भएका छन् । प्रथम भएसँगै केदेमले नगद ५५ हजार सहित प्रमाण पत्र प्राप्त गरेका थिए ।

त्यस्तै गरिमाया लिम्बु दोस्रो र मुक्ति इधिङगोले तेस्रो स्थान बनाउन सफल भएका विजेताहरुलाई क्रमश नगद ३० हजार र नगद २० हजार सहित प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

याक्थुङ हाक्पारे साम्लो सजुमको आयोजनामा शनिबार दमकमा आयोजना गरेको पुरस्कार वितरण तथा साँगीतिक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।

२४० भन्दा धेरै प्रतियोगि सहभागी भएको सो प्रतियोगिताको निर्णायकहरुमा कलाकार यासेली योङहाङ, लोकप्रिय गायिका झुमा लिम्बु र कवि मधु केरुङ रहेका थिए । साथै विभिन्न उप–शिर्षक विजेता हुने १० जनालाई प्रसंशा–पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का पूर्व अर्थमन्त्री इन्द्र बहादुर आङबोले विजेताहरुलाई पुरस्कार वितरण गरेका छन् । साथै प्रमुख अतिथि आङबोले प्रतियोगिताका विजेता सम्पूर्णलाई शुभकामना दिदै प्रदेश १ को नाम लिम्बुवान राखेता पनि आफुलाई आपत्ती नरहेको बताएका छन् तर प्रदेश १ मा खम्बुवान प्रान्त पनि पर्न गएको कारण सबैलाई समेट्ने गरी किरात नाम राख्न उपयूक्त हुने बताएका छन् ।

तर कोशी राख्ने षडयन्त्र भईरहेको प्रति आपत्ती जनाउँदै आफू त्यसको विरुद्धमा रहेको स्पष्ट पार्दै प्रदेश १ को नाममा पहिचान नजोडिएमा आफू त्यसको विरोधमा उत्रने बताए । पूर्व मन्त्री आङबोले लिम्बुवानका विषयमा आफुले दिएको अविव्यक्तिको गलत अर्थ लागेको भन्दै आफ्नो आसय त्यस्तो नभएको पनि स्पष्ट पारेका थिए ।

याक्थुङ हाक्पारे साम्लो सजुमले आयोजना गरेको विश्वव्यापी अनलाईन साम्लो प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण एवं सम्मान गरिएको सो कार्यक्रम सजुमका अध्यक्ष इक्साहाङ चेम्जोङको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङका प्रदेश १ अध्यक्ष धुर्व मेन्याङ्बो, साहित्यिक तथा राजनीति र सामाजिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई निर्णायक समेत रहेका केरुङले संचालन गरेका थिए ।

कार्यक्रममा अन्तराष्ट्रिय लिम्बु टिकटक प्रतियोगिताका संयोजक मौसम लिम्बु ९फुरुलेन्देको बाउ०, अन्तराष्ट्रिय पालामका प्रथम विजेता सुनिता केदेम लाबुङ लगायतलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा प्रतियोगीहरुले हाक्पारे साम्लो प्रस्तुत गरेका थिए ।

विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता कार्यक्रमले लिम्बु जातीको कला, संस्कार, संस्कृति र पहिचानको संरक्षण र सम्बद्र्धन गर्न मद्दत पुगोस भन्ने उद्देश्यले आयोजना गरिएको संयोजक चेम्जोङ्ले बताए । कार्यक्रमलाई सेवारो युट्युव च्यानलबाट प्रशारण गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु