adv

अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल ५ लाई

झापा । मदन भण्डारी स्पोटर्स एकाडेमी कमल गाउँपालिकाको आयोजनामा भएको अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिका वडा नं. ५ ले हात पारेको छ ।

 

शनिबार भएको फाइनल खेलमा वडा नं. ४ लाई सुन्यका विरुद्ध १ गोल गर्दै वडा नं. ५ ले उपाधि चुमेको हो ।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा पहिलो हाफसम्म गोल रहित बराबरीमा रोकिएको थियो । दोस्रो हाफमा वडा नं. ५ काे तर्फबाट जर्सी नं. १० का भरत राईले ४२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएको गोल नै निर्णायक गोल भएको थियो ।

जितसँगै वडा नं. ५ ले नगद २५हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारे भने उपविजेता बनेको वडा नं. ४ ले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको थियो ।

समापन कार्यक्रम एकाडेमिका अध्यक्ष तेजकुमार राईको अध्यक्षतामा तथा झापा क्षेत्र नं. ५ ख प्रदेश सभा सदस्य माननिय अर्जुन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष प्रेम कुमार राई, वडा नं. ५ वडाध्यक्ष डम्बर बहादुर निराैला, वडा नं. पृथ्वीपती राई लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु