adv
adv

झिलझिलेको वाटर किंगडम पार्क सञ्चालनमा (फोटो फिचर सहित)

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ झिलझिलेमा अत्याधुनिक सुुविधा सम्पनन वाटर किंगडम पार्क एण्ड रिसोर्ट सञ्चालनमा आएको छ ।

शनिबार पत्रकार भेटघाट कार्यक्रममा बौल्दै सो पार्क पूर्ण रुपमा सञ्चालन ल्याइएको पार्कका सञ्चालक राजकुमार संग्रौलाले जानकारी गराएका हुन् ।

झापामा नौलो पर्यटकिय स्थलको रुपमा संचालनमा ल्याईएको पार्कमा चिप्लिने पौडीस्थल ४, तरंगीत १, छाल आउने १, बच्चाहरुको १ वटा गरि ७ वटा पौडी स्थलहरु रहेको छ ।

आगन्तुक पर्यटकलाई सुविधाका लागि कम्पनीले खाजा घर, बालबालिकाको लागि पार्क (बगैचा) तारबाट खेलीने जीप लाईन, सुपरम्यान जीप, साईकिलिङ जीपको सुविधा पनि उपलब्ध गराएको छ । पार्कलाई शुन्दरता प्रदान गर्न मौलिक संस्कृति झल्कने आकृति र ४५ मिटर लामो सुरुङ मार्ग पनि बनाईएको छ ।

२ विगाहा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको वाटर किङ्गडम पार्क एण्ड रिसोर्ट, ४२ करोड लगानीमा संचालमा ल्याईएको प्रा।लिका अध्यक्ष मेनुकादेवी सिटौलाले बताईन् ।

रिसोर्टमा १६ वटा सुविधा सम्पन्न भिआईपि गेष्ट रुम, सेमिनार हल र पार्टी हल रहेको कार्यकारी व्यवस्थापक सौजनराज संग्रौलाले जानकारी दिए ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधासम्पन्न २८ वटा कोठाको दुई वटा लज निर्माण भएको छ । पार्कमा हाल ७५ जना कर्मचारी रहेको कार्यकारी सचिव गणेश घिमिरेले बताए ।

पार्कमा आउने पर्यटकका लागि पूर्वका पर्यटकीयस्थल इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरी लगायतका स्थानहरुमा प्याकेजमा भ्रमण गराउने कार्यकारी सदस्य विनोद सापकोटाले जानकारी दिए । उनले भने पर्यटकले सस्तोमा पूर्वका पर्यटकीय स्थलहरूमा पुगेर मनोरञ्जन लिन सक्ने छन् ।

कार्यक्रममा शिवसताक्षि नगरपालिका ८ का अध्यक्ष केहरसिंह बस्नेत, उद्योग बाणिज्य संघ शिवसताक्षिका अध्यक्ष भोला मैनालीलगायतले शिवसताक्षीमा पूर्वको ठुलो पार्क संचालनमा आउदा सिंगो झापाकै पर्यटन विकासमा टेवा पुग्ने धारणा राखेका थिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु