adv
adv

काँकडभिट्टाको मेची पुलबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

झापा । पूर्वी नाका काँकडभिट्टाको मेची पुलबाट लागु औषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका  ४ बस्ने २३ बर्षीय आशिष चौधरी र बराहक्षेत्र नगरपालिका ७ घर भई हाल इटहरी उप महानगरपालिका ७ बस्ने  २४ वर्षीय लोकनाथ भण्डारी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।


भारतबाट आउँदै गरेका उनीहरूलाई मेचीनगर नगरपालिका ६ स्थित मेची पुलमा लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले विशेष सुराकीको आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट ४० ग्राम खैरो हिरोइन बरामद गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा  राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

उनीहरूलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु