इलाम | आवाज विहिनका आवाज” चुलाचुली मिडिया प्रा.लि.को प्रस्तुती साथै निर्माण रहेको बेव श्रृंखला “सेवारो बाजे” सिजन -२ चैत २ गते बाट सार्वजनिक हुने भएको छ ।

चुलाचुली मिडिया को अफिसियल युटुव च्यानलबाट हरेक सोमबार साँझ ७ बजे प्रशारण हुने स्रोतले जनाएको छ । प्राविधिक कारण रोकिएको बेव श्रृंखला तीन महिनापछि निर्माण सुरु भएको हो । महिनाको चार वटै हप्तामा प्रशारण हुँदै आएको “सेवारो बाजे” सिजन-२ भने, दश दिन को अन्तरमा महिनामा तीन वटा मात्र भाग प्रशारण हुने निर्माण पक्षले वताएका छन् ।
चुलाचुली गाउँपालिका को सहकार्यमा निर्माण हुने बेव श्रृंखला “सेवारो बाजे” सिजन -२ को अधिकांश छायाँङ्कन चुलाचुलीभरि रहेका पर्यटकिय क्षेत्र, धार्मिक स्थल, शैक्षिक क्षेत्र लगायतमा गरिने भएको छ ।

जम्मा १४ भाग सम्म निर्माण हुने “सेवारो बाजे” सिजन-२ को करिब ३ लाख बढि लगानी रहने भएको छ ।“सेवारो बाजे” सिजन २ को पटकथा लेखन रंगकर्मी मनाङ लावतीले गर्ने भएको छ । “सेवारो बाजे” सिजन २ मा मुख्य भूमिका मा दिपेश मगर, हेमराज घिमिरिे, मनकुमार योङहाङ, केशर भूजेल, सुनिता चेम्जोङ, सन्तोस राई, गणेश कुमार योङहाङ, पुर्ण ठटाल, मिलन कोयू राई, मनिशा विश्वकर्मा लगायत कलाकारहरुको अभिनय रहने छ ।
बेव श्रृंखलाका निर्देशक चेतन आङथुपो को अनुसार, ‘ “सेवारो बाजे” सिजन(२ मा भनिने कथा सेवारो बाजेको खोजीमा हिडेका दुई पात्रको यात्रा संघर्ष र कथामा एक्लो भएका नाती सिकुम को दैनिकी संर्घष साथैै स्थानीय पर्यटन क्षेत्रलाई विशेष रुपमा प्रस्तुती गरिने छ । ’
लकडाउन र कोरोना को महामारी बेला निर्माण सुरु गरेको यस बेव श्रृंखला “सेवारो बाजे” को मुख्य भूमिका मा राज फागो रहेको थियो । १ देखि ३० भाग सम्म निर्माण गरिएको थियो ।
भाग ३० भिडियो हेर्नुहोस् ।

