adv

ईलाम सुर्योदयमा पिकअप दुर्घटनाबाट चालकको मृत्यु

ईलाम,२ चैत्र। ईलाम सुर्योदय नगरपालिका-३ रुङसुङ स्थितमा आज दिउसो सभा ११ बजे पिकअप दुर्घटनाबाट चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४३ बर्षीय रेसम बहादुर राय रहेका छन् ।

मे१ज १२४१ नम्बरको फिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसि दुर्घटना हुँदा उनी घाईते भएका थिए ।

उनलाई उपचारको लागि फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगर ईलामले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु