काठमाडौं । नेपाली भाषाको गीत ‘गोक्यो रि’ले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को मान्यता पाएको छ ।
विश्वकै सर्वाधिक अग्लो उचाई (४८१३ मिटर)मा अडियो रेकर्ड तथा भिडियो छायाँकन गरिएको गीत र भिडियोले विश्व रेकर्ड कायम गर्दै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को मान्यता पाएको हो ।
गीतकार मिलन किराँतीको शव्द, संगीतकार विक्रम राईको संगीतमा लोकप्रिय गायिका वविना किराँतीको सुमधुर आवाजमा सजिएको गीत सोलुखुम्बुमा अवस्थित गोक्यो ताल क्षेत्रमै रेकर्ड गरिएको हो भने भिडियो छायाँकन पनि सोही ठाउँमा गरिएको हो ।
पर्यटन प्रवद्र्धनको लक्ष्य राख्दै युट्यूवमार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोलाई दुलर्भ जन्तरेको निर्देशन, इसाक जवेगुको छायाँकनमा पर्यटन व्यवसायी सन्च खालिङ, लक्ष्मण कार्की र पावल राई र राजन खरेलले निर्माण गरेका हुन् ।
विश्वकै सर्वाधिक उचाईमा भिडियो छायाँकन गर्ने अवसर प्रदान गरेकोमा र नेपाली गीत संगीतलाई विश्व सामु चिनाउन र गीत संगीतको माध्यमबाट नेपालको सुन्दरतालाई बिश्व सामु चिनाउदै पर्यटन प्रवद्र्धनको लागि हिस्सा बन्न पाएकोमा आफुलाई भाग्यमानी ठानेको छायाँकार इसाक जवेगुले बताए ।
उनले यो अवसर प्रदान गर्नुहुने सन्च खालिङ, गायिका वविना किराँती लगायत सम्पुर्ण टीमलाई धन्यवाद समेत दिएका छन् ।
रेकडिष्ट छिरिङ भोटेले गीतको रेकर्ड गरेको गीत र भिडियो गायिका वविना किराँतीको यूटुव च्यानलबाट फागुन १९ गते सार्वजनिक गरिएको हाे ।
भिडियो हेर्नुहोस