adv
adv

४० वर्ष भारतमा जेलजीवन विताएका दुर्गाप्रसाद नेपाल आइपुगे

झापा । बिनासुनाइ ४० वर्षसम्म भारतको जेलमा बन्दी भएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी तिम्सिना) आज नेपाल आइपुगेका छन् ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उनलाई नेपाल पठाइएको हो । झापामा पत्रकार सम्मेलन गरेर दुर्गालाई परिवारको जिम्मा लगाईने विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नतले बताए ।

भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका उनी कोलकाता उच्च अदालतको आदेश बमोजिम शनिबार छुटेका हुन् । बुधबार साँझ छुटेका उनी भाइ प्रकाशचन्द्र तिम्सिनाका साथमा आइतबार बिहान काकडभिट्टा नेपाल आइपुगेका हुन् ।

तिम्सिनाले दार्जिलिङमा ‘लडाईँ’ हुँदा ज्यान मारेको मुद्दामा आफु पक्राउ परेको बताएका छन् ।

उनलाई दार्जिलिङबाट पक्राउ परी विभिन्न कारागार हुँदै कोलकाता पुर्‍याइएको थियो । उनले आफू निर्दोष भएको बताएका छन् ।
दुर्गाप्रसादले आफू कहाँ छु भन्ने कुरा प्रष्टसँग थाहा पाएका छैनन् । ‘कहाँ आइपुग्नुभयो’ भन्ने प्रश्नमा उनले दोधार हुँदै ‘नेपाल’ भनेका छन् ।

उनी भाइ र आफन्तका साथ आजै माई नगरपालिका–१० इलामस्थित घर पुग्ने बताइएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु