adv

शिवसताक्षीमा मोटरसाइकल दुर्घटनामा कार्कीको मृत्यु

दमक, १२ चैत । झापाको शिवसताक्षी नगरपालिकामा आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा आज बिहान एक जनाको मृत्यु भएको छ ।

शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु