adv

मुसाहाङ् अम्याङ्साको हाइकु संग्रह ‘मुक्तु’ विमाेचन

दमक । कवि तथा सञ्चरकर्मी मुसाहाङ् अम्याङ्साको लिम्बू भाषाबाट प्रकाशित प्रथम कृति हाइकु संग्रह ‘मुक्तु’ आज बिहिबार विमोचन भएको छ । हाइकु संग्रहको दमक स्थित एस.जी. होटलको सभाहलमा याक्थुङ् साहित्य प्रतिष्ठान झापाको आयोजनामा विमाेचन भएकाे हाे ।

कार्यक्रममा लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय महासचिव गुृल्सन आङबुहाङ, कवि गीतकार तथा सञ्चरकर्मी आन्छुमे नसान, कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ, सञ्चाकर्मी दिलकुमार लावती, रंगकर्मी, अभिनेता तथा निर्देशक राजकुमार आङदेम्बे, कवि रचना लावती, कविन्द्र सेर्मा, गुमानसिं सङबाङफे लगायतको उपस्थिति रहेको थियो ।

कृति विमोचन कार्यक्रममा बोल्दै साहित्यकार लोवाले मुक्तु हाइकु सङग्रहभित्र रहेका सिद्धान्तनत् हाइकु जापानी परम्परागत काव्य साहित्यबाट फैलिएको तीन हरफको छोटो, मिठो, कसिलो र रसिलो कविता संरचनाबद्वताको १७ अक्षरीय रुपमा ५, ७, ५ वर्णका शब्दहरुको मात्रा मिलाएर पूर्ण अभिव्यक्ति दिने स्वतन्त्र विधाको रुप हो ।

नेपाली नयाँ पुस्ताका कविहरुले वि.संं २०१९ सालमा जापानी साहित्यको स्वाद लिई लेख्न सुरु गरेको इतिहास छ तर लिम्बू भाषाबाट भने केही पत्रपत्रिकामा मात्रै प्रकाशित हुँदै आएको थियो ।

२०६२/०६३ सालदेखि नेपाली तथा लिम्बू साहित्यमा कलम चलाउन थालेका अम्याङ्साको कृति याक्थुङ् साहित्य प्रतिष्ठान झापाले प्रकाशन गरेको हो ।

कृति भित्र किरात सिरिजङ्गा लिपीबाट २ सय ५५ वटा हाइकुहरु समावेश छन् । यो नै याक्थुङ् (लिम्बू) भाषामा प्रकाशन भएको पहिलो कृति भएको बताए ।

लेखक/सञ्चारकर्मी अम्याङ्साले संक्षिप्त किरात इतिहास तथा आथरेहाङ् मुसाहाङ् लिम्बू बंशावली दस्तावेज २०७४ लगायत विगतमा लिम्बू/नेपाली साहित्यमा हाइकु तांका रुबाइ, गजल फुटकर सिर्जनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित रहेका थिए ।

लेखकद्धारा केही हाइकुहरु समेत वाचन गरेका थिए । स्रष्टा लिम्बू/नेपाली भाषाबाट प्रकाशित नाम्गेत लिम्बुवान र पोक्लाबाङ् पत्रिकाको प्रकाशक/प्रधान सम्पादक हुन् ।

विमोचन कार्यक्रम याक्थुङ् साहित्य प्रतिष्ठान झापा अध्यक्ष सेसेमी सेनाल्बोको अध्यक्षता सम्पन्न कार्यक्रममा याक्थुङ् साहित्यकार पुष्पहाङ् लोरिङ्देन लोवाको प्रमुख आतिथ्यता रहेकाे थियाे भने संचालन प्रतिष्ठान महासचिव सेसेहाङ् फियाकले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु