adv

माङसेबुङको बाँझोगाउँमा जारी फुटबल प्रतियोगितामा बाँझो ३ ए र बि फाइनल प्रवेश

अविना कोयू राई, माङसेबुङ, १८ चैत्र । इलामको माङसेबुङ गाउँपालिका ६ सिंहेश्वरी खेलमैदानमा जारी टोल स्तरीय फुटबल प्रतियोगितामा बाँझो ३ ए र बाँझो ३ बि फाइनल प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा बाँझो ३ बि र बाँझो १ बि बीच भएको खेलमा १ सुन्यको नतिजा निकाल्दै बाँझो ३ बि फाइनल प्रवेश गरेको हो । बाँझो ३ बि को तर्फबाट १४ औं मिनेटमा पाएको पेनाल्टी बललाई जर्सी नंं. ७ का संगम राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका बल नै खेलको निर्णयक गोल भएको थियो । नतिजा आफ्नो पोल्टामा पार्दै बाँझो ३ बि उपाधिको नजिक पुगेको छ ।

आजै भएको दोस्रो सेमिफाइनल खेलमा बाँझो ६ ए र बाँझो ३ ए बीच भएको खेलमा २–२ गोल बराबरी भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । बाँझो ६ ए का जर्सी नं.७ का मनकुमार राईले खेलको १८औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । खेलको पहिलो हाफसम्म १ सुन्यको नतिजा निकाले बाँझो ६ ए ले दोस्रो हाफको १२औं मिनेटमा पुनः गोल गर्दै नतिजा दोब्बर बनाएको थियो ।

तर दोस्रो हाफमा निकै आक्रमक खेल प्रदर्शन गरेका बाँझो ३ ए का टिमको तर्फबाट १६औं मिनेटमा जर्सी नं. ९ का मुकेश राईले गोल गर्दै खाता खोलेका थिए । बाँझो ३ ए ले ३८औं मिनेटमा पाएको पेनाल्टी बललाई सदुपयोग गर्दै जर्सी नं. १० का युकेश राईले खेललाई बराबरी बनाएको थियो ।

निर्धारित समयमा नतिजा बराबरी भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइवेकरमा ४–२ को नतिजा निकाल्दै बाँझो ३ ए फाइनल प्रवेश गरेको हो ।

पुरुष तर्फको फाइनल खेल बाँझो ३ ए र बाँझो ३ बि बीच हुनेछ भने महिला तर्फ बाँझो ३ र बाँझो ४ बीच यहि २० गते शुक्रबार हुने आयोजक समितिले जनाएको छ ।

पुरुष महिला दुबै समुहका विजेताले नगद रु २० हजार, प्रमाण पत्र, ट्रफि मेडल प्राप्त गर्ने छ भने उपविजेताले नगद रु.१५ हजार, प्रमाण पत्र, ट्रफि मेडल पाउने आयोजक समितिका अध्यक्ष राजेश प्रकाश राईले बताए ।

खेल स्थानीय कामन्ता युवा क्लबको आयोजनामा चैत्र १५ गते देखि सुरु भएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु