adv

कप्तान किरण चेम्जोङ एशियाकै दश उत्कृष्ट फुटबल खेलाडीको सूचीमा


काठमाडौं, १९ चैत । 
राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ एशियाकै दश उत्कृष्ट फुटबल खेलाडीको सूचीमा परेका छन् । एशियाली फुटबल संघले जारी गरेको एशियाका दश उत्कृष्ट खेलाडीको सूचीमा किरण चेम्जोङ परेका हुन् ।

एशियाली फुटबल संघले ‘एएफसी साताको राष्ट्रिय खेलाडी’को सूची सार्बजनिक गरेको छ । उक्त सूचीमा यूनाइटेड अरब एमिरेट्सका अलि मखौत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाको, इरानका सरदार अजमौन, सऊदी अरबका सलेह अल शेहरी, इराकका अला अलि म्हावी, बहराइनका मोहमेद मरहून, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका अलिशेर हलिलोभ र नेपालका किरण चेम्जोङ छन् ।

एशियाली फुटबल संघले बिहीबार उक्त सूची सार्बजनिक गरेको छ । सूचीमा पर्नुभएका दश खेलाडीलाई मतदानका लागि खुला गरिएको छ । ‘एएफसी इन्टिरनेशनल प्लेयर अफ द् विक’का लागि मतदान खुला गरेको छ । एएफसीको वेबसाइटमा अप्रिल चार सम्म जो सुकैले अनलाइन माध्यमबाट आफ्नो रोजाइको खेलाडी चयन गर्न पाउनेछ ।

Advertise Expired !

2 thoughts on “कप्तान किरण चेम्जोङ एशियाकै दश उत्कृष्ट फुटबल खेलाडीको सूचीमा

  1. WOW!…CONGRATULATION NEPAL….CONGRATULATION ENTIRE TEAM….PROUD TO BE NEPALI WITH KIRAN CHEMJONG

  2. म नेपाली हाे म नेपाललाई साथ दिन्छु। म कप्तान किरण चेम्जाेङकाे ठुलाे पङ्खा हुँ

Leave a Reply

सम्बन्धित शीर्षकहरु