adv

आमा बन्दै नायिका प्रियंका कार्की

काठमाडौं । नायिका प्रियंका कार्की आमा बन्ने भएकी छन्। प्रियंकाले शुक्रबार साँझ आफ्नो फेसबुक र इन्स्टाग्राममार्फत् आफू गर्भवती भएको खुलाएकी हुन्।

पोस्टमा आफ्नो र श्रीमान आयुष्मान देशराज जोशीको फोटो सेयर गर्दै प्रियंकाले लेखेकी छन्, ‘अब तपाईंहरू मलाई सोध्न छाड्नु भए हुन्छ! हो, हामी गर्भवती छौं।’

प्रियंकाले खुलस्त रूपमा आफू गर्भवती भएको स्वीकारेकी छन्।

केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो।

उनका शुभचिन्तक तथा फ्यानहरूले उनी सामाजिक सञ्जालमा सक्रिय नदेखिएको र पोस्ट गरिएका फोटोमा मोटाएको देखिएको जस्ता कुरालाई आधार बनाएर प्रियंका गर्भवती भएको हो कि भन्ने अड्कल काटेका थिए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु