adv

माङसेबुङमा वडास्तरीय फुटबल प्रतियाेगिता सुरू, वडा नं. २ र ३ काे विजयी सुरूवात

 

माङसेबुङ । इलामको माङसेबुङमा जारी अन्तर वडास्तरीय पुरूष फुटबल प्रतियोगितामा वडा नं. ३ ले विजयी सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा वडा नं. ३ ले वडा नं. २ लाई सुन्यका विरुद्ध १ गोल गर्दै विजयी यात्रा सुरु गरेको हो ।

पहिलो हाफमा गोल रहित बराबरी खेलेको वडा नं. ३ ले दोस्रो हाफको अन्त्य तिर विपक्षीको डेरिया नजिक पाएको फ्रिकिकलाई जर्सी नं. ९ का मनु नेम्बाङले गोल गर्दै टिमलाई जित दिलाएका थिए । खेलकाे म्यानअफ दि म्याच वडा नं. ३ का मनु नेम्बाङ घाेषित भएका थिए ।

त्यस्तै शनिबार भएको महिला तर्फको पहिलो खेलमा वडा नं. ३ लाई पराजित गर्दै वडा नं. २ विजयी भएको छ । खेल समयमा १–१ गोल गरि नतिजा बराबरी बनेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा समेत गोल बराबरी बने पछि सडेनडेथमा वडा नं. २ ले जित हात पारेको हो ।

माङसेबुङ खेलकुद विकास समितिका सचिव धडकन सम्बाहाम्फेका अनुसार प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

उद्घाटन समाराेहलाइ सम्बाेधन गर्दै प्रमुख अतिथि माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गाेले भने ग्रामिण भेगमा पनि स्थानिय युवाहरूलाइ जिल्ला तथा  राष्ट्रिय स्तरसम्मकाे खेलाडि उत्पादन गर्ने याेजनाका साथ खेलकुद क्षेत्रमा लगानि गरिरहेकाे बताए ।

माङसेबुङ गाउँपालिकाकाे अार्थिक सहयाेगमा वडास्तरीय पुरूष तथा महिला फुटबल प्रतियाेगिता प्रत्येक वर्ष सञ्चालन गर्दै अाएकाे माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए ।

बैशाख ८ गतेसम्म सञ्चाल हुने सो प्रतियोगिताको उद्घाटन कार्यक्रम माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुमको अध्यक्षतामा तथा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु