adv

डा. शरदचन्द्र राईले स्थापना गरेको कोषमार्फत पाँच जना सम्मानित

मेचीनगर ।दुर्गा चन्द्र स्मृति अक्षय कोष मेचीनगरले पाँच जना जेहेन्दार विद्यार्थीलाई शनिबार नगद प्रदान गरेको छ ।

शैक्षिक स्तरन्नोतिका लागि मेची नेत्रालय काँकरभिट्टाका मेडिकल डा. शरदचन्द्र राईले स्थापना गरेको कोषमार्फत तीन वर्षदेखि मेचीनगरका गरीब तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहनस्वरुप नगद प्रदान गरिँदै आएको छ ।

यसवर्ष काँकरभिट्टा माविकी अञ्जना राई, रिया राई, तुलसा राई र विद्या राई तथा लक्ष्मी प्राविकी खुसी राईलाई आर्थिक सहयोग गरिएको किरात राई यायोक्खा मेचीनगरका सचिव अशोक राईले जानकारी दिए ।

उनका अनुसार उक्त नगद सहयोग किरात समाज समिति काँकरभिट्टाको आयोजनामा नयाँ वर्षको अवसर पारेर मेची नेत्रालयका मेडिकल डाइरेक्टर डा शरदचन्द्र राईले आफ्नो स्व बुवाआमाको स्मृतिमा प्रदान गर्नुभएको हो । डा. राईले आमाबुवा दुर्गाचन्द्र स्मृति अक्षय कोषबाट विद्यार्थीलाई छात्राबृत्तिबापत रकम प्रदान गर्नु भएको हो ।

कार्यक्रममा अक्षयकोशदाता डा राई, किराया झापाका सचिव केवलराम राई, किराया काँकरभिट्टाका अध्यक्ष धनबहादुर राई, सचिव अशोक राईलगायतको उपस्थिति रहेको थियो। समितिका अध्यक्ष हिमबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव चन्द्र थुलुङ राईले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु