जगत कोयु राई, माङसेबुङ, ६ बैशाख । माङसेबुङमा जारी वडा स्तरीय फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन समेत रहेको वडा नं. ३ फाइनल प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नं. ४ विरुद्ध सहज जित निकाल्दै वडा नं. ३ उपाधि नजिक पुगेको हो ।

खेलको ४औं मिनेटमा वडा नं. ३ को तर्फबाट जर्सी नं. ७ का आसाङ साम्बाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३५औं मिनेट पुनः दोस्रो गोल गर्दै साम्बाले नतिजा दोब्बर बनाएको थियो ।

खेलको अन्तिम मिनेटमा जर्सी नं. ६ का दिपेन्द्र राईले गोल गर्दै फराकिलो नतिजा बनाएका थिए । खेलको म्यान अफ दि म्याच वडा नं. ३ का आसाङ साम्बालाई प्रदान गरिएको थियो ।

मंगलबार हुने दोस्रो सेमिफाइनल खेल वडा नं. ६ र वडा नं. १ बीच हुनेछ । सो खेलको विजेतासँग वडा नं. ३ ले बैशाख ८ गते फाइनल खेल खेल्नेछ ।
प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने माङसेबुङ खेलकुद विकास समितिका सचिव धडकन सम्बाहाम्फे बताए ।
माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा वडास्तरीय पुरूष तथा महिला फुटबल प्रतियोगिता प्रत्येक वर्ष सञ्चालन गर्दै आएको माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए ।

=yङसेबुङ अन्तरवडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता माङसेबुङ वडा नं। ६ स्थित पारुहाङ खेल मैदानमा भइरहेको छ।

