adv

मन्त्री राना माङसेबुङ आउदै

जगत कोयु राई, माङसेबुङ । प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननिय राम बहादुर राना आज माङसेबुङ आउने भएका छन् ।

माङसेबुङमा जारी पुरुष तथा महिला फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्न मन्त्री राना माङसेबुङ आउने आयोजकसमितिले जनाएको छ ।

गत बैशाख ४ गतेबाट सुरु भएको सो प्रतियोगिताको फाइनल खेल माङसेबुङ ६ स्थित पारुहाङ खेल मैदानमा भइरेको छ ।

माङसेबुङ खेलकुद विकास समितिको आयोजनामा र माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता प्रत्येक वर्ष सञ्चालन हुदै आएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु