adv

माङसेबुङमा सञ्चालित फुटबल प्रतियोगिताको उपाधी वडा नं. ३ लाई

प्रथम पुरस्कार वितरण गर्दै वडाअध्यक्ष प्रदिप साम्पाङ, पुरस्कार ग्रहण गर्दै टिम क्याप्टेन रोनिश राई र टिम म्यानेजर शरदजंहाङ

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि वडा नं. ३ ले चुमेको छ ।

बुधबार भएको फाइनल खेलमा वडा नं. ६ लाई १ का विरुद्ध २ गोल गर्दै डिफेन्डिङ च्याम्पियन समेत रहेको वडा नं. ३ ले जित हात पारेको हो ।

जितसँगै विजेता टिमले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे भने उपविजेता बनेको वडा नं. ६ ले नगद २० हजार सहित ट्रफि, मेडर र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

प्रतियोगताको बेस्ट गोलकिपर वडा नं. ३ का बिसाल लिम्बु, बेस्ट खेलाडी वडा नं. ३ का जिदान राई, बेस्ट डिफेन्डर वडा नं. ३ का रोनिश राई, हाई स्कोर वडा नं. ६ का योगेन्द्र राई र उदयीमान खेलाडी वडा नं. ६ का निर्मल राई घोषित भएका सम्पूर्णलाई नगद सहित ट्रफि, मेडल प्रदान गरिएको थियो ।

गत बैशाख ४ गते देखि सुरु भएको सो प्रतियोगिताको समापन समारोह माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुमको अध्यक्षतामा तथा प्रदेश नं. १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननिय राम बहादुर रानाको प्रमुका आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा माङसेबुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रदिप साम्पाङ, नेकपा माङसेबुङ गाउँ कमिति अध्यक्ष हेमन्त माक्रिहाङ, जसपा प्रदेश समिति कोषाध्यक्ष विनोद नेम्बाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रदेश नं. १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननिय राम बहादुर राना

प्रतियोगिता माङसेबुङ गाउँपालिका वडा नं. ६ स्थित पारुहाङ खेल मैदानमा भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु