adv

झापामा आइतवार थप ९७ जनामा कोरोना पुष्टि,१०७ जना निको

झापा  झापामा पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या बढेको छ । आइतबार पीसीआर विधि र एन्टिजेनतर्फ गरेर कुल ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तर, कोरोनालाई पराजित गरी घर फर्किनेको संख्या १०७ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सँगै कोरोनालाई जित्नेको कुल संख्या ५ हजार २७६ पुगेको छ ।

आइतबार पीसीआरतर्फ ५० र एन्टिजेनतर्फ ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ४१ जना महिला रहेका छन् । यो सँगै झापामा कुल संक्रमितको संख्या ९ हजार १८१ पुगेको छ ।

आज संक्रमित भएकामध्ये सबैभन्दा बढी दमकमा ११ महिलासहित २२ जना रहेका छन् । यस्तै, बाह्रदशीमा ४ महिलासहित १८ जना, हल्दिबारीमा ६ महिलासहित १२ जना, भद्रपुरमा ५ महिलासहित ११ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी, बिर्तामोडमा ५ महिलासहित ९ जना, बुद्धशान्तिमा २ महिलासहित ६ जना, शिवसताक्षीमा २ महिलासहित ४ जना, गौरीगञ्जमा २ जना पुरुष, कमलमा २ जना महिला, गौरादह, झापा र ठेगाना नखुलेका १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिएका छन् ।

कोरोना संक्रमणकै कारण झापाका ६ जनाले २४ घण्टाभित्र ज्यान गुमाएका छन् । यो सँगै झापामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु