adv
adv

कोरोना संक्रमणबाट मेचीनगरका एकजना पुरूषको मृत्यु

मेचीनगर, १० जेठ । झापाको मेचीनगर–१४ स्थित कलमवाडीका एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मेचीनगर नगरपालिकाका काभिड संयोजक नबिन बरालका अनुसार ४२ वर्षीय उनको सोमबार विहान १० वजे बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।

ज्वरो र खोकीले सताएपछि ७ दिनअघि उनलाई बिर्तासिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । सोहि अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

उनका श्रीमती, एकजना छोरा र एउटी छोरी छन् । उनको आज दिउसो स्थानीय हडिया खोलामा नेपाली सेनाको व्यवस्थापनमा दाहसंस्कार गरिने वडाध्यक्ष पोखरेलले जानकारी दिए ।

योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु