adv

सूर्योदय नगरपालिमा एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

इलाम,१० जेठ । इलामको सूर्योदय नगरपालिका–३ मेहलबोटेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

गएराती ६८ बर्षिय महिलाको संक्रमणबाट मृत्यु भएको वडाध्यक्ष होम कार्कीले जानकारी दिए । संक्रमितलाई स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि झापा तर्फ लगिएको थियो ।

झापामा भेन्टिलेटर नपाएपछि उनलाई नोबल अस्पतालमा भेन्टिलेटरको व्यवस्था गरी लग्दै गर्दा बाटोमा नै मृत्यु भएको कार्कीले जानकारी दिए । मृतकलाई परिवारको सदस्यले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी दाहसंस्कार गरेका छन् ।

यो संगै इलाममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ जना पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु