मेचीनगर, १६ जेठ । झापाको मेचीनगरमा आज आइतबार एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मेचीनगर–६ काँकरभिट्टास्थित भट्टराई चोकमा डेरा गरी बस्ने ६६ वर्षीय पुरुषको शनिबार राति ९ वजे भद्रपुर स्थित मेची अस्पतालमा उपचारका क्रमममा मृत्यु भएको हो ।
उनलाई जेठ ९ गतेदेखि सोहि अस्पतालमा राखेर उपचार भईरहेको थियो । सोहि दिन विहान काँकरभिट्टामा उनको एन्टिजेन टेष्ट गर्दा पोजेटिभ आएको वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए ।
पथरी–५ स्थित जनता टोल निवासी उनको पार्थिव शरिर उतै लाने तयारी गरिएको छ । जनता टोलकै स्थानीय खोलामा नेपाली सेनाले दाहसंस्कार गर्ने तयारी भईरहेको जनाईएको छ ।
योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

