adv
adv

नेपालमा आइतबार ४ हजार ३६९ जनामा कोरोना पुष्टि,६ हजार २०५ जना निको

काठमाडौं, १६ जेठ । नेपालमा कोरोनाभाइरसका ४ हजार ३६९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १० हजार ९८६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्ने क्रममा आयोजना गरेको पत्रकार सम्मेलनमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ५७ हजार ७९१ पुगेको छ ।

हाल एक लाख आठ हजार ८९७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । जसमध्ये एक लाख एक हजार ३३४ होम आइसोलेशनमा र सात हजार ५३६ संस्थागत् आइसोलेशनमा छन् ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार २०५ जना कोरोनामुक्त भएका छन् । हाल ७६३ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १०९ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । योसंगै हालसम्म नेपालमा ७ हजार २७२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु