adv
adv

पत्रकार महासंघ झापाद्वारा सञ्चारकर्मीहरूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले भद्रपुर क्षेत्रमा रहेका सञ्चारकर्मीहरूलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

महासंघ झापा अध्यक्ष एकराज गिरीको नेतृत्वको टोलीले भूगोलका हिसाबले विभिन्न क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई स्थलगतरुपमै स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

महासंघ झापाले जिल्ला सहकारी संघ झापा तथा प्रदेश १ पत्रकार महासंघको सहकार्यमा जुटाएको सेनिटाइजर, मास्क, ज्वरो नाप्ने डिजिटल थर्मोमिटरलगायतका स्वास्थ्य सामग्री पत्रकारको स्वास्थ्य सुरक्षाका लागि प्रदान गरेको हो ।

महासंघले झापाको दमक, कन्काई, बिर्तामोड, अर्जुनधारा, बुद्धशान्ति, मेचीनगर क्षेत्रका पत्रकारहरूका लागि स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो । महासंघ झापा अध्यक्ष गिरीले झापाका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि दातासित सहकार्य गरी प्राथमिक स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु