adv

इलाममा जेठ ३१ सम्म निषेधाज्ञा थप

इलाम। जिल्ला प्रशासन कार्यालय इलामले पुनः निषेधाज्ञा थप गरेको छ । प्रशासनले शुक्रबार आदेश जारी गर्दै जेठ ३१ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

जिल्लामा तीब्र गतिमा फैलिंदै गरेको कोभिड–१९ को विस्तार रोक्न विगतमा गरिएका प्रशासनिक, स्वास्थ्य सुरक्षा समेतका समन्वयात्मक प्रयासका बाबजुद हाल संक्रिय संक्रमितकाे संख्या नौं सयकाे हाराहारीमा रहेकाले जनस्वास्थ्यमा पर्ने गम्भीर असरलाई ध्यानमा राखी निषेधाज्ञाको समय थप गरिएको प्रशासनले जनाएको छ ।

बैंशाख २८ गतेदेखि जारी गरिएको निषेधाज्ञा प्रशासनले यसअघि जेठ १२ गतेराती १२ बजेदेखि निषेधाज्ञाको समय जेठ २२ गतेसम्म थपेको थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु