adv

एकका लागि एक अभियाननले स्थापना गरेको अक्सिजन बैंकको उद्घाटन

                           फोटो- विनोद पाण्डे

झापा, २६ जेठ । झापामा एकका लागि एक अभियाननले स्थापना गरेको अक्सिजन बैंकको उद्घाटन गरिएको छ ।

बुधवार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले अक्सिजन बैंकको उद्घाटन गरेका हुन् ।

अक्सिजन सिलिन्डरको अभावलाई मध्यनजर गर्दै एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्न जनस्तरबाट १ करोड ५३ लाख ७५ हजार सहयोग जुटाएको छ । देशभित्र र बाहिर बसेका नेपालीने १ सिलिन्डर बराबर १५ हजारका दरले सहयोग गरेका छन् ।

फोटो- विनोद पाण्डे

अभियानले ३ सय सिलिन्डर खरिद गरेर ल्याइसकेको र थप २ सय सिलिन्डर ल्याउने तयारी गरेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । उनका अनुसार सिलिन्डर खरिद गरेर बाँकी रहेको रकम कोभिड नियन्त्रण कै लागि खर्च गरिने छ । सो सिलिन्डर जिल्लाका अस्पताल , आइसोलेशन सेन्टर र सर्बसाधरणलाई उपलब्ध गराइने छ ।

अभियानले १ हजार ११ थान सिलिन्डर खरिद गर्ने छ । रिफिलका लागि ८ सय रुपैयाँ लिएर सिलिन्डर उपलब्ध गराइने बताएको छ । अभियानले सरकारी, निजी क्षेत्र र उद्योगी ब्यवसायीहरुको सहयोगमा अक्सिजन प्लाण्ट समेत स्थापना गर्ने सोच बनाएको अभियानका संयोजक गिरीको भनाइ छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु