adv

बि एण्ड बी फाउण्डेसनको पहलमा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

इलाम,३० जेठ । इलामका दुई गाँउपालिकाका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

आज बि एण्ड बी फाउण्डेसनले इलामको फाकफोकथुम गाँउपालिका- ५ र माँड्ंसेबुड्ं १ का स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

सर्वशान्ति बुद्दबिहार (बि एण्ड बी) फाउण्डेसनका संयोजक अर्जुन भन्ते मगरको पहलमा फाकफोकथुम ५ ( साविक लुम्दे) र माँड्ंसेबुड्ं १ (साविक नाड्ंरूड्ं) निवासी हाल युकेमा बस्दै आएका बिभिन्न दाताहरूको सहयोगमा उक्त सामाग्रीहरू हस्तान्तरण गरेको छ ।
कोरोना महामारीलाई मध्यनजर गर्दै मास्क,थर्मोमिटर,अक्सोमिटर,ग्लोब्स,भिटामिन सी,सेनिटाइजर,साबुन,थर्मलगन आदी सामाग्रीहरू दुइवटै गाँउपालिकाका वडाअध्यक्षद्वयलाई हस्तान्तरण गरिएको मगरले बताए ।

           हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्री

आफुहरू विदेशमा रहेरपनि कोरोना महामारीको यो विषम परिस्थितिमा आफ्नो गाँऊमा स्वास्थ्य सामाग्रीको अभावलाई थोरै भएपनि टारोस् भनेर आफुहरूले सहयोग गरेको दातामध्येका गन्ज आलेले बताए ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै वडाअध्यक्षद्वयले सम्पुर्ण दाताहरू र बि एण्ड बी फाउण्डेसनलाई धन्यबाद दिए ।

हस्तान्तरण कार्यक्रममा फाकफोकथुम गाँउपालिका- ५ का वडाअध्यक्ष सिद्दमान आले ,माँड्ंसेबुड्ं १ का वडाअध्यक्ष भक्तराज लिम्बू,प्रहरी इन्चार्ज चन्द्रेश्वर मण्डल,सम्बन्धित वडाका जनप्रतिनिधिहरू,स्वास्थ्यकर्मीहरू र सन्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु