adv

झापामा असार ७ सम्म निषेधाज्ञा लम्बियो

दमक, ३१ जेठ । झापामा असार ७ गतेसम्मलाई थप गरिएको निषेधाज्ञा पहिले भन्दा खुकुलो बनाइएको छ ।
आइतबार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाबाट जारी आदेश अनुसार जिल्लामा थपिएको निषेधाज्ञा केही खुकुलो पारिएको हो ।

जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले एक साता अर्थात् आज सोमबार मध्यरातदेखि लागू हुनेगरी असार ७ गते मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा थप्ने निर्णयसँगै अत्यावश्यक पसलहरु केही समयलाई खोल्न दिने निर्णयपछिको आदेशमा जनाइएको छ ।

जारी आदेशमा बिगतमा हप्तामा आइतबार र बुधबार मात्रै खुल्ला गरिएको खाद्यान्न, माछा मासु, तरकारी, फलफूल पसल अब प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म खोल्न पाइने उल्लेख छ । त्यस्तै हार्डवेयर र पुस्तक पसल पनि सोही समयसम्म खोल्न पाइने आदेश छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु