adv

सात दिवसीय योग शिविरको मुख्यमन्त्री राउतबाट शुभारम्भ


जनकपुरधाम, १ असार ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सातौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मंगलबार सात दिवसीय योग शिविरको शुभारम्भ गरेका छन् ।

पतञ्जली योग समिति प्रदेश नम्बर २ को आयोजनारहेको सात दिवसीय योग शिवरको मुख्यमन्त्री राउतले आफनै निवास बाट भर्चुअल प्रविधि मार्फत शुभारम्भ गरेका हुन् ।

मुख्यमन्त्री निवास मधेस भवनमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै राउतले अहिलेको व्यस्त जीवनमा आफू स्वस्थ्य रहन योग अपरिहार्य रहेको बताए ।

योगलाई जनजनमा पुर्याउन बाबा रामदेवले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले शहरी क्षेत्रमा मात्र सीमित योगलाई ग्रामीण क्षेत्रसम्म पुर्याउनु पर्नेमा जोड दिए ।


उद्घाटन समारोहमा प्रदेश सभा सदस्य एवं पतञ्जली योग समितिका प्रमुख सल्लाहकार कौशल यादवले स्वागत गरेका थिए भने पतञ्जली योग समितिका प्रदेश अध्यक्ष हरिहरलाल चौधरीको अध्यक्षतामा सम्पन्न शुभारम्भ कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेश २ का प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, पतञ्जली योग शिविरका पदाधिकारीहरु सहितको उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय योग दिवस असार ७ गते विश्वव्यापी रूपमा मनाउने गरिन्छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु