adv

झापाका १ सय ६५ जना पत्रकारलाई पहिलो चरणको भेरोसेल खोप

दमक, १ असार । झापाका १ सय ६५ जना पत्रकारहरुले मंगलबार कोरोना विरुद्धको पहिलो चरणको भेरोसेल खोप पाएका छन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाको पहल र प्रयासमा विर्तामोडस्थित अतिथि सदनमा मंगलबार खोप कार्यक्रम सञ्चालन भएको हो । क्रियाशील १ सय ६५ सञ्चारकर्मीहरुले कोभिड विरुद्धको पहिलो चरणको भेरोसेल खोप लगाइएको महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

कोरोना महामारीको समयमा सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको र उनीहरु उच्च जोखिममा हुने भएकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, प्रदेश र केन्द्रमा माग गरेर खोपको प्रवन्ध गरिएको अध्यक्ष गिरीको भनाइ छ ।

मंगलबार पहिलो चरणको खोप लगाएकाहरुको लागि दोस्रो चरण्को खोप पनि चाँडै उपलब्ध गराउन महासंघ लाग परेको भन्दै उनले भने –‘समयमै भेरोसिल दोस्रो डोज खोपको लागि समेत महासंघले माग गरेको छ । माग बमोजिम स्टक रहेको जानकारी आएको हुनाले ढुक्क हुन आग्रह छ ।

यसअघि कोभिडसिल खोपको पहिलो डोज लगाएका र हाल दोस्रो डोज नपाएर अन्यौलमा रहेका पत्रकारका लागि समेत दोस्रो डोजका लागि महासंघले पहल गरिरहेको गिरीले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु