adv

सेजेल मृत्यु प्रकरणमा एक जना प्रहरी नियन्त्रणमा


झापाको दमकस्थित लाइफलाईन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो बर्षमा अध्ययनरत छात्रा सेजल कोइराला मृत्यु प्रकरणमा प्रहरीले एक जना आरोपितलाई नियन्त्रणमा लिएको छ ।
सेजेलको बलात्कारपछि हत्या भएको दाबीसहित मंगलबार प्रहरीमा उनको परिवारले किटानी जाहेरी दिएपछि एक जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बलात्कारपछि हत्या भएको भनी किटानी जाहेरी परेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले पुष्टि गरे । कार्कीका अनुसार सेजेलको पोस्टमार्टम रिपोर्ट पनि मंगलबार नै आएको छ ।
पीडित परिवारले प्रहरीमा दिएको किटानी जाहेरीमा सेजलको बलात्कारपछि हत्या भएको दाबी गरिएको छ । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा भोजपुर घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई नियन्त्रणमा लिइसकेको जनाइएको छ ।
अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । आरोपितलाई म्याद थपका लागि भोलि (बुधबार) अदालतमा पेश गर्ने तयारी रहेको डिएसपी कार्कीले जानकारी दिए ।
इलाम मंगलबारे स्थायी घर भई दमक ५ स्थित एक घरमा डेरा बसेकी सेजल गत बुधबार आफनै टवाइलेटको कमोटमा बेहोस अवस्थामा भेटिएकी भन्दै साथीहरुले उपचारका लागि लाइफलाइन अस्पतालमा लगेका थिए । अस्पतालले उनको मृत्यु भइसकेको घोषणा गरेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु