adv

शुक्रवार थप २ हजार २९९ जनामा कोरोना पुष्टि,३४ जनाको मृत्यु

काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९९ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १० हजार  ५९६ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार २९९ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ६ हजार ५६६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३९१  र ४ हजार  ३० जनाको एन्टीजेन परीक्षण गर्दा ९०८ जना संक्रमित पुष्टि भएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर ३४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ।

२४ घण्टामा देशभर ३ हजार ४५१ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९४ प्रतिशत रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख ३ हजार ६०० जना संक्रमित निको भइसकेका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु