adv

देउवाले आज प्रधानमन्त्रीको सपथ लिदै

काठमाडौं, २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौ पटक प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए ।

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो ।

देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि देउवा आन्तरिक परामर्शमा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ
अनलाइनखबरबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु