adv

दमकबाट नगदसहित ११ जना जुवाडे पक्राऊ

दमक । शुक्रबार साँझ झापाको दमकबाट जुवाको खालबाट दुई लाख बढी नगदसहित ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

साँझ ६ बजे दमक नगरपालिका वडा नं.७ हाटखोलाका कर्णबहादुर राईको घरमा जुवा खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले छापा मारेको थियो ।

त्यसक्रममा २ लाख ८ हजार ९५ रुपैयाँ नगद, कौडा १६ थान र ओछ्याएको कार्पेटसहित जुवाडेहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा घरधनी दमक ७ बस्ने ४० वर्षिय कर्णबहादुर राई, गौरादह ३ बस्ने ४२ वर्षिय दिनेश अधिकारी, सोही नगरपालिका ८ बस्ने ३८ वर्षिय इन्द्रकुमार राजवंशी, सुनसरी इटहरी उप–महानगरपालिका ४ बस्ने ३५ वर्षिय विक्रम गुरुङ, गौरादह २ बस्ने ३२ वर्षिय निर्मल थापा, दमक २ बस्ने ४२ वर्षिय रामबहादुर धिमाल, वडा नं ७ वस्ने ४० वर्षिय राजन दाहाल, गौरादह ३ बस्ने ३४ वर्षिय अंकित कार्की, दमक ७ बस्ने ४४ वर्षिय गंगा पाठक, सुनसरी इटहरी उप–महानगरपालिका १९ बस्ने २६ वर्षिय मिलन राई र दमक नगरपालिका ६ बस्ने ३३ वर्षिय विजय सिंह रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु