दमक, ५ साउन ।जनता समाजवादी पार्टी नेपाल (जसपा)को मंगलबार सम्पन्न संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार दिउँसो बसेको दलको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई लगायत पार्टीका बहुमत संख्यामा संसदहरुको सहभागिता रहेको थियो ।
संसदीय दलको मंगलबारको बैठकले संसदीय दलको विधान पारित गरेसँगै अब पार्टीको संसदीय दलको नेता चयन गर्ने बाटो खुलेको जसपाले जनाएको छ ।
अर्को बैठकले संसदीय दलको नेता चयन गर्ने र देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने बताइएको छ ।