adv

अलविदा फाइवाली


दमक, ५ साउन ।
 किरात धर्म, दर्शन र लिम्बू भाषा साहित्यका अभियन्ता नरबहादुर योङ्हाङ (नवल फाइवाली)को ८१ वर्षको उमरेमा मंगलबार निधन भएको छ ।

कोरोना संक्रमणबाट फाइवालीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी उच्च रक्तचापका बिरामी थिए । मंगलबार नै नेपाली सेनाको सहयोगमा फाइवालीको अन्त्येष्टि सम्पन्न भएको हो ।
मोरङको सिंहदेवी गाविसमा जन्मिएका उनले झापालाई कर्म क्षेत्र बनाएका काम गरेका थिए । बिगत चार दशकदेखि साहित्यिक सिर्जनामा अनवरत सक्रिय उनी खासगरी किरात धर्म दर्शनअन्तर्गत लिम्बू भाषा र साहित्यको विकासमा क्रियाशील थिए ।
फाइवालीका श्रीमती भीमकुमारी राई, तीन छोरा, सात छोरी रहेका छन् ।

युवा पुस्तामा मातृभाषा र संस्कृतिको पुनः जागरण ल्याउने अभियानमा अनवरत लागेका फाइबालीले अन्यायको हार (२०३६), संक्षिप्त खस लिम्बु शब्दकोश (२०४९), किरात ऐतिहासिक सवाइ (२०५०), मुक्पान सुम् (लिम्बु उखान, २०६१) लगायत करिब एक दर्जन कृति प्रकाशित गरेका छन् ।

२०३४ सालमा लोकसेवा पास गरेर सरकारी जागिरे बनेका फाइवाली २८ वर्षे जागिरे जीवनबाट करिब ७ वर्षअघि ‘रिटायर्ड’ भएका थिए ।

फाइवालीको पार्थिव शरीरमा राष्ट्रिय जनमुक्ति पार्टीले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु