adv

झापामा कोरोनाबाट मेचीनगरका ३ जनासहित ७ जनाको मृत्यु


झापा, साउन ५ ।
कोरोना संक्रमणका कारण आज एकै दिन झापामा ७ जनाको मृत्यु भएको छ ।

जसमा मेचीनगर नगरपालिकाका मात्रै ३ जना महिलाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगर ८ की ७० बर्षिया महिला, मेचीनगर ९ की २१ बर्षिया महिला र मेचीनगर ११ की ७० बर्षिया महिलाको आज मृत्यु भएको हो ।

मेचीनगर ८ की महिलाको मेची अस्पताल भद्रपुरमा, मेचीनगर ९ र ११ दुई जना महिलाको बिर्तामोडस्थीत बिर्तासिटि अस्पतालमा कोरोनाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै आज नै मेचीनगरका ३ जना बाहेक शिवसताक्षी १० का ७० बर्षिय पुरुष, भद्रपुर ४ का ५२ बर्षिय पुरुष, कनकाई ८ का ७८ बर्षिय पुरुष र अर्जुनधारा ७ का ८० बर्षिय पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण झापामा आजसम्म ४०६ जनाको मृत्यु भइसकेको छ । झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या १६३४ जना रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु