adv

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मोहम्मद अलमुताइरीद्वारा राजीनामा घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मोहम्मद अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।

राष्ट्रिय फुटबल टिम उनकै नेतृत्वमा साफ च्याम्पियनसिपको तयारीमा थियो ।
अल्मुताइरीले फेसबुकमार्फत नेपाली फुटबल समर्थकलाई सम्बोधन गर्दै आफू अखिल नेपाल फुटबल संघ (एन्फा) मा जान लागेको र राजीनामा दिने बताएका छन् ।

उनले राजीनामा दिनु पछाडि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ जिम्मेवार रहेको पनि दाबी गरेका छन् । उनले पछिल्लो तीन सातादेखि प्रत्येक दिन नेम्वाङले व्यवधान पुर्‍याउन खोजेको आरोप पनि लगाएका छन् ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु