झापा । झापाको पाडाजुङ्गीस्थित आदिवासी रंगशाला तथा स्मृति पार्कमा शनिबार साँझ दुईवटा जातीय विद्यार्थी संगठनबीच मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा जीत र हारको विषयवस्तु भन्दा बढी हालः अलपत्र अवस्थामा रहेको आदिवासी रंगशाला निर्माणमा सरकारलाई दबाब सृजना गर्ने मुख्य उदेश्य थियो ।
किरात राई विद्यार्थी संघ जिल्ला कार्य समिति झापा र लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्य समिति झापाबीचको मैत्री पूर्ण खेल प्रतियोगिता थियो ।
सो प्रतियोगितामा लिम्बू विद्यार्थी मञ्च झापा जिल्ला कार्य समिति बिजयी भएको किरात राई विद्यार्थी संघकी नेत्री रजनी माङपाहाङ राईले जानकारी दिइन । उनका अनृसार प्रतियोगिता आयोजना गर्नुको उदेश्य दुई जातीय विद्यार्थी संगठनबीच सद्भाव, सहकार्य र एकताका लागि भएको बताईन् ।
मैत्रीपुर्ण खेलको उद्घाटन आदिवासी रंगशाला तथा स्मृति पार्कका अध्यक्ष हुकुमसिंह राईले गर्नुभएको थियो । सो क्रममा अध्यक्ष तथा खेलको प्रमुख अतिथि राईले निर्वतमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको कारण आदिवासी रंगशाला निर्माण कार्यमा बाँधा व्यवधान थपिएको बताए ।
राईले आदिवासी रंगशालाको नाम परिवर्तन गरेर मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला नाममा बजेट विनियोजन गरिएपछि निर्माण कार्य रोकिएको बताए ।
विकासका लागि आफ्नो संस्कार र संस्कृतिसंग जोडिएको पीतापूर्खाको चिहान भत्काउन तयार भएको आदिवासीप्रति धोका दिने काम कदापी स्वीकार्य हुने छैन, अध्यक्ष राईले भने ।
उनले भने, ‘हामी बिकास बिरोधी होइनौ तर पहिचान नै मेटेर बिकास गर्ने प्रवृति कदापि स्वीकार्य छैन ।’
२०६६ सालमा रंगशाला निर्माणधिन क्षेत्रमा रहेका ७ सय ४५ आदिवासीको चिहान हटाएर ‘आदिवासी रंगशाला’ सहित स्मृति पार्क निर्माण गर्ने सहमति भएको थियो । सोही अनुरुप सरकारमार्फत बजेट बिनियोजन भएर रंगशाला निर्माण सुरु भएको थियो ।
२०६६ सालमा रंगशाला निर्माणधिन क्षेत्रमा रहेका ७ सय ४५ आदिवासीको चिहान हटाएर ‘आदिवासी रंगशाला’ सहित स्मृति पार्क निर्माण गर्ने सहमति भएको थियो । सोही अनुरुप सरकारमार्फत बजेट बिनियोजन भएर रंगशाला निर्माण सुरु भएको थियो ।
तत्कालीन रक्षामन्त्री तथा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको ‘आदिवासी रंगशाला’ कै नाममा दोस्रो पटक पनि आर्थिक बर्ष २०७०।०७१ मा डेढ करोड र तेस्रो पटक आर्थिक वर्ष २०७१।०७२ मा ३५ लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो ।
उक्त बजेटबाट रंगशाला क्षेत्रमा रहेको चिहान भत्काउने, मैदान सम्याउने, स्मृति स्तम्भ निर्माण लगायतका आधारभूत काम भएको थियो ।
आर्थिक वर्ष २०७२।०७३ मा भने आदिवासी रंगशालाको नाम परिवर्तन गरेर ‘मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला’ को नाममा ४० लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । तर, आदिवासी समुदायको बिरोधपछि उक्त रकममार्फत काम हुन सकेन ।
त्यसपछि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा आर्थिक वर्ष २०७३।०७४ मा पनि ‘मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला’को नाममा एक करोड बजेट बिनियोजन भयो । नाम परिवर्तनकै विषयलाई लिएर आदिवासीले विरोध गरेपछि उक्त रकम समेत फ्रिज भएको थियो ।
लिम्बू विद्यार्थी मञ्च झापाका अध्यक्ष सागर साम्बाको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सदस्य सुशिल राई र लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष मोहन मावोले मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा किरात राई विद्यार्थी संघका केन्द्रीय कार्यवहाक अध्यक्ष सुशन राई, आदिवासी रंगशाला तथा स्मृति पार्कका महासचिव दिपेन वाला राई, शुनिल राई, पुर्व िविद्यार्थी नेता समीप साङपाङ राई, किरात राई लेखक संघ झापाका अध्यक्ष जीतेन राई, विन्दु मुकारुङ, दमकका सामाजिक तथा राजनीति व्याक्तित्व अतित बान्तवा राई, पत्रकार अनिलदेब राई, जयकुमार राई लगायतको उपस्थिति थियो ।
प्रतियोगिता सञ्चालन हुनुअघि प्रमुख अतिथि राई लगायत अन्य अतिथिहरुलाई दुबै संगठनले आ–आफ्नो संस्कृती झल्किने मायाको चिनो समेत वितरण गरिएको थियो ।
सो कार्यक्रममा किरात राई विद्यार्थी संघ झापाका अध्यक्ष मिलन राईले स्वागत मन्तव्य सहित खेल आयोजना गर्नुपर्ने उदेश्य र यसका सन्देशका विषयमा आफ्नो विचार राख्नुभएको थियो । त्यस्तैं, कार्यक्रमको सञ्चालन सदिक्षा तुङहाङले गरेका थिइन् ।