adv

झापा गापामा जसपा निकट मजदुर संगठित

दमक, १७ असोज । झापा गाउँपालिकामा जनता समाजवादी पार्टी निकट मजदुरहरुको संगठन निर्माण भएको छ ।

आइतबार महासंघका केन्द्रीय सदस्य अनिल लामाको अध्यक्षतामा सम्पन्न भेलाले जसपा निकट समाजवादी ट्रेड युनियन महासंघ झापा गाउँपालिका समितिको अध्यक्षमा जितबहादुर राजवंशी चयन गरेको हो । त्यस्तै उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः मोहम्मद अकिल शेख, मोहम्मद सलाम शेख, मोहम्मद अमिन शेख र राजेश राजवंशी छन् । त्यस्तै अन्य सदस्य छन् । समिति १३ सदस्यीय सहित ३ जना सल्लाहकार चयन भएका हुन् । नवगठित समितिलाई मजदुर नेता लामाले सपथ गराएका थिए ।
कार्यक्रममा जसपा केन्द्रीय सदस्य एवम् सुज अभियान झापा क्षेत्र नम्बर ४ का संयोजक मोहितलाल कामतीको प्रमुख आतिथ्यता रहेको थियो भने नेताहरु कमन देवान, धिरेन सुब्बा लावती, दिपेन बाला राई, सन्तोषकुमार गणेश लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले जसपाले शोषित पीडित वर्ग समुदाय र मजदुरहरुको हक अधिकारका लागि लडिरहेको बताएका थिए । उनीहरुले मजदुरहरुको एकतालाई थप मजबुद पारेर लैजानुपर्ने आवश्यकता औंल्याएका थिए ।
कार्यक्रम झापा बजारस्थित झापा गाउँपालिका वडा नम्बर १ र २ को संयुक्त कार्यालयको सामुदायिक भवनमा सम्पन्न भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु