adv

राउत दुईतिहाई बहुमतको मुख्यमन्त्री बन्दै


जनकपुर, २० असोज ।
 प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत दुईतिहाई बहुमतसहित थप शक्तिशाली मुख्यमन्त्री बन्ने भएका छन् ।

आज बुधबार डाकिएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिँदैछन् ।

संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ । राउतले सोही प्रावधान अनुसार बुधबार बिहान ११ बजे बोलाइएको प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन् ।
राउतलाई आफ्नो दल जनता समाजवादी पार्टीका अतिरिक्त सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थन रहने छ । त्यस्तै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले समेत राउतको सरकारलाई समर्थन गर्ने पक्का भएको जसपा प्रदेश नम्बर २ संसदीय दलले जनाएको छ ।

१०४ प्रदेश सभा सदस्य रहेको प्रदेश २ मा मुख्यमन्त्रीलाई विश्वासको मत लिन प्रदेश सभामा कायम सदस्य संख्याको ५० प्रतिशत अर्थात् ५३ मत आवश्यक छ । सत्तारूढ जसपाका ३९, कांग्रेसका १९ र माओवादीका ८ जना सांसद छन् । त्यस्तै एकीकृत समाजवादीका १३ जना प्रदेश सभा सदस्यले पनि राउतलाई मतदान गर्नेछन् ।

यससँगै राउत ७९ जना प्रदेशसभा सदस्यको समर्थन दुईतिहाई बढी बहुमतको शक्तिशाली मुख्यमन्त्री बन्ने भएका हुन् ।
राउतलाई जसपाबाट विभाजित भई बनेको प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका १६ र नेकपा एमालेका ८ जना प्रदेशसभा सदस्यले भने मत दिने छैनन् ।

राउत पहिलो पटक मुख्यमन्त्री चयन हुँदा भने तत्कालीन सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको संयुक्त सरकार गठन भएको थियो भने रिजवान अन्सारी नेतृवको नेपाल सङ्घीय समाजवादी पार्टीले निःशर्त राउत सरकारलाई समर्थन गरेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु