adv

अमेरिका एआईमा चीनसँग हारिसक्योः पेन्टागनका पूर्वअधिकारी

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको प्रमुख सफ्टवेयर अफिसर पदबाट हालै राजीनामा दिएका निकोलस सैयानले आर्टिफिसियलइन्टेलिजेन्सको प्रतिस्पर्धामा अमेरिका चीनसँग हारिसकेको बताएका छन्। 

चीनले अमेरिकालाई उछिनेको देख्न नसकेर आफूले सो पदबाट राजीनामा दिएको उनको भनाइ छ। 

अमेरिकी रक्षा मन्त्रालयबाट एक साताअघि बाहिरिएका उनले पहिलो पटक फाइनान्सियल टाइम्सलाई अन्तर्वार्ता दिएका हुन्। उनलेसेप्टेम्बरको सुरुमा अनुभवहीन सैन्य अधिकारीहरुलाई साइबर क्षेत्रको नेतृत्व दिने गरिएको र बजेट अभावमा पेन्टागन पछि परेको गुनासोगर्दै राजीनामा घोषणा गरेका थिए।

‘अबको १५ या २० वर्षमा हामीले चीनसँग लड्नसक्ने सम्भावना छैन। पहिले नै यसको टुंगो लागिसकेको छ। मेरो विचारमा सबैथोकसमाप्त भइसक्यो,’ उनले भने।

पेन्टागनमा तीन वर्ष बिताएका ३७ वर्षे सैयानले चीन आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ साइबर क्षमताका कारण विश्वव्यापीप्रभुत्वको दिशामा अघि बढिरहेको बताए। 

ठूलो बजेटमा तयार गरिएका पाँचौँ पुस्ताका एफ–३५ लडाकु विमानजस्ता हार्डवेयरभन्दा उदाउँदा प्रविधिहरु भविष्यका लागि बढीमहत्वपूर्ण र निर्णायक हुने उनको भनाइ छ। 

nicholas-chaillan_3_G3lHgwMg3U.jpg

‘भविष्यमा चीन विश्वभर हावी हुने निश्चित छ। उसले सञ्चारमाध्यमको भाष्यदेखि भूराजनीतिसम्म हरेक थोक नियन्त्रण गर्नेछ। त्यसकालागि युद्ध नै हुन्छ या हुँदैन, यसै भन्न सकिँदैन,’ उनले भने। 

अमेरिकाको केही सरकारी मन्त्रालयहरुमा साइबर प्रतिरक्षा ‘किन्डरगार्टेनको तहमा’ मात्र रहेको उनले बताए। 

एआईका क्षेत्रमा गुगलले पेन्टागनसँग मिलेर काम गर्न नमानेको, नैतिकतासम्बन्धी बहस ज्यादा हुनुजस्ता कारणले अमेरिका पछि परेकोउनको ठम्याइ छ। त्यसविपरीत चिनियाँ कम्पनीहरुले सरकारसँग मिलेर काम गरिरहेको र नैतिकताको ख्याल नगरी एआईमा विशाललगानी गरिरहेको उनले बताए।

अमेरिकाको रक्षा बजेट चीनको भन्दा तीन गुणा बढी भए पनि खरिद प्रक्रिया खर्चिलो भएको र बजेट गलत क्षेत्रमा खर्च भइरहेको उनकोआरोप छ।  

यसै वर्ष अमेरिकाको राष्ट्रिय सुरक्षासम्बन्धी एक आयोगले एक दशकभित्र एआईका क्षेत्रमा चीनले अमेरिकालाई उछिन्ने चेतावनी दिएकोथियो। फाइनान्सियल टाइम्सबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु