adv

जिबिएलओको बृहत् साहित्यिक संगोष्ठी नोभेम्बर २० र २१ मा हुने


काठमाडौं, १५ कार्तिक ।
 विश्व भूटानी साहित्यिक संगठन(जिविएलओ) ले विश्व भूटानी साहित्यिक संगोष्ठी आउँदो नोभेम्बर २० र २१ तारिकमा नेब्रास्कामा गर्ने भएको छ ।

विश्व भूटानी साहित्यिक संगोष्ठी नेब्रास्का २०२१ नाम दिइएको उक्त कार्यक्रम बारे सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । भर्चुअली आयोजना गरिएको पत्रकास सम्मेलनमा बोल्दै जिबिएलओ अध्यक्ष कर्ण गुरुङले कार्यक्रम तीन चरणमा सम्पन्न गरिने जानकारी दिएका हुन् । कार्यक्रमको पहिलो चरणमा कृति विमोचन, दोस्रो चरणमा साहित्यिक तथा सांगितिक साँझ र तेस्रो चरणमा साहित्यिक कार्यशाला, स्रष्टा परिचय र स्रष्टा भ्रमण कार्यक्रम राखिएको अध्यक्ष गुरुङले बताए ।

नोभेम्बर २० मा हुने पहिलो चरणको कार्यक्रममा एकै मञ्चबाट ७ वटा साहित्यिक कृति र ३ वटा बालगीतको विमोचन गरिने छ । स्रस्टाहरु कर्ण गुरुङको ‘कर्म’, पातलो अन्तरेको ‘अनुहार भित्रको ऐना’, रेमईन आलोक र धना ज्योतिको ‘रदिफ काफिया’, अवि न्यौपानेको ‘ईस्वरको खोजीमा म’, नेत्र आचार्यको गजल संग्रह र पन्चमान गुरुङको ‘गुरुङ संस्कृति’ नामक कृति विमोचन हुने छन् ।
सोहि दिन हुने दोस्रो चरणको कार्यक्रममा भ्वाईस अफ नेपालका विजेता किरण गजमेर, कलाकार दिलिप रायमाझी, गायक अर्जुन रसाईलीलगायत अन्य कलाकारहरुको प्रस्तुती र रचना वाचन कार्यक्रम हुनेछन् ।

त्यस्तै नोभेम्बर २१ मा साहित्यिक कार्यशाला, स्रष्टा परिचय र स्रष्टा भ्रमण कार्यक्रम तय गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।
बरिष्ठ भाषासास्त्री तथा साहित्यकार प्राध्यापक डाक्टर टंक न्यौपानेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा अमेरीकाको ५० वटै राज्यका साथै क्यानाडा लगायतका देशबाट १ सय जना भन्दा बढी स्रस्टाहरुको सहभागिता रहेने पत्रकार सम्मलेनमार्फत जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा जिविएलओका संस्थापक अध्यक्ष तथा सल्लाहकार डेन्जोम साम्पाङ राईले महान् साहित्यिक उत्सवलाई सबै मिलेर सफल बनाउनुपर्ने धारणा राखेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु