काठमाडौं । नेपााली राष्ट्रिय फुटबल टिमलाई साफ च्याम्पियनसिपको फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको रुपमा उनी सन् २०२४ सम्म रहनेछन् । अल्मुतारीका अनुसार १ नोभेम्बरबाट सुरु भएको नयाँ सम्झौता २०२४ अन्त्यमा समाप्त हुनेछ ।
माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल खेल्नुअघि मुख्य प्रशिक्षक अम्मुताइरीले नेपाल छाड्ने घोषणा गरेका थिए । साफ च्याम्पियनसिपको फाइनल खेल नै नेपालको लागि मेरो अन्तिम खेल हो भनेर भनेका थिए ।
तर, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार पुगेर भेट्नुका साथै कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि मुख्य प्रशिक्षक अल्मुताइरी नयाँ सम्झौताका लागि सहमत भएका हुन् ।
नयाँ सम्झौतासँगै उनले आफ्नो व्यक्तिगत जीवनको बारेमा टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् । बरु आफ्नो काम कस्तो भइरहेको छ त्यसबारे बोलिदिन आग्रह गरेका छन् ।