adv

राई मुख्यमन्त्रीमा नियुक्त, केहीबेरमा सपथ

विराटनगर, १६ कार्तिक ।


प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएका छन् ।
नेता राईलाई मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
सोमबार नेकपा एमाले नेता भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएलगत्तै प्रदेश प्रमुख प्यासीले अर्को सरकार गठनका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।
एसका नेता राईले नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गरी ४९ जना प्रदेश सदस्यहरुको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।
मुख्यमन्त्री राईले आजै केहीबेरमा पद तथा गोपनीयताको शपथ लिनेछन् । उनीसँगै गठबन्धनका चार पार्टीबाट १–१ जना मन्त्रीले पनि आजै सपथ लिने सम्भावना बलियो रहेको बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु