adv

मुख्यमन्त्री राई लगायत अन्य मन्त्रीले लिए सपथ


काठमाण्डौं
। प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई आज मङ्गलवार प्रदेश प्रमुख सोमनाथ अधिकारीले शपथ ग्रहण गराएका हुन् ।

नेकपा एकीकृत समाजवादीका नेता राईलाई प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार आजै मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यस्तै, मुख्यमन्त्री राईले चार मन्त्री र एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरूमा इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री, हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र जयराम यादव सामाजिक विकास मन्त्री बनेका छन्।

यस्तै विष्णु तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरू र राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु