adv
adv

मुख्यमन्त्री राईसँगै मन्त्री बन्दै गरेका यी हुन् पाँच जना मन्त्री

बिराटनगर, १६ कार्तिक ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईसँगै अन्य ५ जना मन्त्रीले पनि आजै सपथ लिने भएका छन् ।
गठबन्धन दलबीच भएको सहमति अनुसार नेपाली काङ्ग्रेसबाट प्रमुख सचेतक केदार कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउने पक्का भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
गठबन्धन स्रोतले दिएको जानकारी अनुसार जनता समाजवादी पार्टीका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइने गठबन्धन दलबीच सहमति भएको बताइएको छ भने नेकपा एकीकृत समाजवादीका उपनेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइने छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी प्रदेश सभा सदस्य विष्णुमाया तुम्बाहाङ्फेले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउने पक्कापक्की भएको छ ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु